गाँजा खेति गरौं, केजीकै १५ हजारमा बेचेर करोडपति बनौंः केशव स्थापित

क्लिकमान्डु २०७७ असार १६ गते १८:४७ मा प्रकाशित

काठमाडौं । बागमति प्रदेशका पूर्वमन्त्री केशव स्थापितले गाँजा खेति गर्न पाउनु पर्ने माग गरेको छ । बागमति प्रदेश संसदीय दलको बैठकमा मंगलबार बोल्दै नेता स्थापितले गाँजा खेति गर्न कानून पास हुनुपर्ने बताए ।

गाँजाबाट कपडा र तेल उत्पादन हुने र केजीकै १५ हजार रुपैयाँ पर्ने भएकाले सबैलाई गाँजाखेतिमा प्रोत्साहन गर्नुपर्ने बताए ।

‘अब हामी १५/२० रुपैयाँ केजी पर्ने उत्पादक किन गर्ने ? जबकी गाँजा एक केजीकै १५ हजार रुपैयाँ पर्छ, त्यही बेचेर करोडपति हुन सकिन्छ, करोडपति भएपछि सार्की पनि कार्की हुन्छ,’ उनले भने ।

उनले कानून पास भयो भने १ रोपनीमा ४९ बोट हुन्छ, त्यसबाट ४ सय केजी गाँज उत्पादन हुन्छ, त्यसबाट ६० लाख आम्दानी हुने बताए । अब भारतमा काम गर्न जान नपर्ने भन्दै गाँजाबाट कपडा कसरी निकाल्ने, तेल कसरी निकाल्ने भनेर तालिम दिनुपर्ने बताए ।

‘गाउँमा गएर गाँजा खेति गर्ने लाइसेन्स पाएपछि दलित सार्की पनि कार्की हुने बताए । गाँजा बेचेर करोडपति नभएपनि के को सार्की त्यो कार्की हुन्छ, दमाइ र कार्की भनेर गणतन्त्रमा हेप्न पाइँदैन,’ उनले भने ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स