महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको सम्पर्क कार्यालय स्थापनामा कसले के भने ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समूहले सम्पर्क कार्यालय खोलेको छ । ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको गरिएको हो ।

महासंघमा आगामी साउन २५ र २६ मा निर्वाचन हुने कार्यतालिका छ । महासंघको बरिष्ठ उपाध्यक्ष सहितका पदमा किशोर प्रधान र चन्द्र ढकालले प्यानल नै बनाएर उम्मेद्वारी दिने तयारी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निर्वाचनमा जाँदा निजी क्षेत्रको छवीलाई कायम राख्दै स्वच्छ तरिकाले निर्वाचनमा लाग्न आग्रह गरेका छन् । त्यसैगरी पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि उम्मेदवारले प्रतिष्पर्धीको कमजोरीभन्दा बढी आफ्नो बलियो पक्षका साथ अगाडि बढ्न आग्रह गरे ।

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा 
आगामी साउन २५ र २६ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि सबै उम्मेदवारहरुलाई अग्रिम शुभकामना दिन चाहन्छु ।

निर्वाचन भन्ने वित्तिकै हामीले लडाँइका रुपमा पनि लिन्छौं तर मेरो सुझाव के छ भने यसलाई बढी काम गर्ने समूहका रुपमा हेर्नुपर्छ । निर्वाचनमा लड्दै गर्दा हामीले यो इतिहास बोकेको संगठनमा बसेर कसरी निजी क्षेत्रलाई अगाडि बढाउन सक्छौं, अझ बढी सुदृढ कसरी गर्न सक्छौं भन्नेमा सोच्नुपर्छ ।

हामी निजी क्षेत्रका एजेन्डाहरु बोकौं र स्वच्छ मनले चुनावमा लड्नुपर्छ । हामी कुनै पनि यस्ता काम नगरौं, जसले निजी क्षेत्रलाई कुनै पनि तरिकाले छवी धुमिल्याउने काम नगरौं । स्वच्छ तरिकाले पनि चुनाव लड्न सकिन्छ भनेर देखाऔं ।

पशुपति मुरारका, पूर्वअध्यक्ष महासंघ

आगामी साउनमा हुने भनिएको निर्वाचनमा हामी सबै जुटेका छौं । यसमा वरिष्ठ उपाध्यक्षमा किशोर जी उम्मेदवार हुनुहुन्छ । चैतमै हुने भनिएको निर्वाचन लकडाउनका कारण हुन पाएन । निर्वाचन सकेसम्म यसपाली चुनाव नहोस भन्ने अपेक्षा पनि छ । सर्वसम्मती मै होस् भन्ने अपेक्षा छ । अपेक्षा गरौं सर्वसम्मत नै होला ।

तर निर्वाचन नै भए पनि प्रजातान्त्रिक पद्दति हो । यसलाई अस्वभाविक मान्नु हुँदैन । हामीले निर्वाचनमा जाँदा प्रतिष्पर्धीलाई नकारात्मक रुपमा जान्छौं । तर उम्मेदवारहरुले पनि प्रतिष्पर्धीको कमजोरीमा भन्दा पनि आफ्नो बलियो पक्षमा ध्यान दिनुपर्छ जस्तो लाग्छ । निर्वाचनको समयमा पनि हामी एकैठाउँमा छौं ।

निर्वाचनमा निर्वाचित भइसकेपछि पनि हामी एकैठाउँमा हुनेछौं । किशोर जीले जुन प्रकारको टिम निर्माण गर्नु भएको छ । किशोर दाईलाई म पहिलेदेखि नै चिन्छु, लामो चिनजान पनि छ । मेरो विचारमा सबै जना उम्मेदवार उद्योग व्यवसायमा लाग्नु भएका कर्मठ व्यक्तित्व हुनुहुन्छ । र, निश्चित रुपमाले उहाँहरुको जित हुनेछ भन्ने विश्वास पनि छ ।

किशोर प्रधान, उम्मेदवार वरिष्ठ उपाध्यक्ष
कोरोना लकडाउनले गर्दा निर्वाचन स्थगित भयो । त्यसकारण कार्यालय स्थापना गर्नका लागि पनि केही समय लाग्यो । निजी क्षेत्रको हितमा हामी सबै सरकारसँग मुद्दा राख्छौं र लड्छौं । हामीसँग रोडम्याप छ, सोही अनुसार सबैको साथमा हामी अगाडि बढ्छौं ।

अब हामी परिणाम देखाउने गरी काम गर्छौ । शेखर गोल्छाजी अध्यक्ष भइसकेपछि हामी सबै सोही अनुसार लाग्छौं । हामीसँग आउनु भएको सम्पूर्ण साथिहरुले पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।

सबै साथिहरुलाई एकजुट बनाएर सबैको साझा निर्णय गरेर काम गर्छौ । यहाँ आज बाहिरबाट पनि आउनु भएको छ, उहाँहरु पनि हामीले साथ दिनु भएको छ । यसका लागि पनि धन्यवाद दिन्छु ।


क्लिकमान्डु