सिडिएससीले माग्यो सीइओ, कति चाहिन्छ योग्यता



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ ।

योग्य व्यक्तिले १५ दिनमा आवेदन दिन सक्नेछन् । केन्द्रीय सेवा नियमावली २०६७ बमोजिम खुला प्रतियोगिताबाट छनोट गरी पूर्ति गरिने छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य शास्त्र,वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा कम्तिमा स्नातकोतर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरुमध्ये कुनै एक वा एक भनदा बढी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

सिडिएससीको सिइओको लागि आवेदन दिन ३५ वर्ष पुरा भइ ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था रहेको छ । सीइओको पदावधि ४ वर्षको हुने छ ।

सीइओको पारिश्रमिक र सुविधा केन्दीय निक्षेप सेवा नियमावली २०६७ र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संचालक समितिले तोके बमोजिम हुनेछ । इच्छुक उमेदवारले आफ्नो आवेदनको साथमा पाँच हजार शब्दमा नबढ्ने गरी नेपाली वा अग्रेजी भाषामा तयार गरिएको केन्द्रीय निक्षेप सेवाको विकास तथा सधार सम्बन्धी संस्थागत व्यावसायिक कार्य योजना विद्युतीय प्रतिसहित अंग्रेजी वा नेपाली भाषामा चारप्रति पेस गर्नुपर्नेछ ।


क्लिकमान्डु