अहिलेकै मोडलको लकडाउन साउन ७ गतेसम्म थपियो, हवाई उडान पनि बन्द

क्लिकमान्डु २०७७ असार १५ गते २३:५९ मा प्रकाशित

काठमाडौं । सरकारले खुकुलो बनाएको लकडाउनमा नियम कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउन ७ गतेसम्मका लागि अहिलेको लकडाउन मोडललाई निरन्तरता दिने निर्णय गरेको हो ।

यसबीच उद्दार बाहेकका सम्पूर्ण हवाई उडान बन्द हुनेछन् भने विद्यालय पनि बन्द हुनेछन् । साथै सार्वजनिक सवारी साधन चल्ने छैनन् भने निजी सवारीमा जोर-बिजोर प्रणाली लागू हुनेछ ।

सभा समारोह, प्रदर्शन गर्न रोक लगाइएको छ भने  सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स