तीन महिनापछि खुलेको सेयर बजारमा लगानीकर्ता निरास, कसले कमाए-गुमाए ?



काठमाडौं । लकडाउनकाे कारण भन्दै बन्द रहेर ९८ दिनपछि खुलेको सेयर बजारले लगानीकर्तामा उत्साह भने ल्याउन नसकेको देखिएको छ ।  विश्वमा सबैभन्दा लामाे समय बजार बन्द गरेर रेकर्ड कायम गरेसँगै खुलेकाे बजारले लगानीकर्तामा निरास पैदा गरेकाे छ ।

कारोबारको सुरु देखि नै गिरावाट देखिएको बजार ५१ अंक भन्दा बढी घटेर पुन यू टर्न भयो तर पनि बजारमा सकारात्मक सुुधार देखिएन ।

कारोबार भएको झण्डै डेढ घन्टापछि यू टर्न गर्न लागेको बजार अन्तिम समयमा १२.८७ अंकले घटेर परिसूचक ११८८.७० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेर २५६.२९ बिन्दुमा रोकिएको छ ।

१३० कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता सेयर ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा टे«डिङ ३९.३४, उत्पादन तथा प्रशोधन १०२.९८, अन्य २०.०६ र जीवन बीमा समूहको उपसूचक २३७.६२ अंकले बढेको छ भने बैंकिङ २५.२२, विकास बैंक ६३.०६, निर्जीबन बीमा १०१.४६, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.३७ अंकले घटेको छ ।

कारोबारमा नागरिक लगानी कोष, हिमालयन डिष्ट्रिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक समूह, शिवम् सिमेन्टका लगानीकर्ताले कमाउँदा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु