कर्जाको ब्याजदर एकल अंकमा आउने अर्थमन्त्री खतिवडाको दाबी



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन् । ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ’ उनले भने ।

अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने भन्ने कुरा पनि आउँने र बैंकलाई कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताए । ‘मन्त्री खतिवडाले भने ‘यो विषय अब मौद्रिक नीतिले हेर्ने छ ।’

उनले आगामी आवमा आर्थिक अवस्था पुरानै गतिमा फर्कने गरी सरकारले काम गर्ने दाबी गरे । अहिले सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको उल्लेख गरे ।

विदेशी मुद्रा सञ्चिती अहिलेसम्मको बढी रहेको विप्रेषण अपेक्षा भन्दा बढी नै आउने गरेको तर्क गरे ।


क्लिकमान्डु