निजी क्षेत्रमा अख्तियार अब प्रवेश गर्दैन: प्रधानमन्त्री ओली

क्लिकमान्डु २०७७ असार १५ गते १२:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार प्रवेश नगर्ने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने ‘निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने कुरा अगाडि आयो । त्यसमा तपाईहरुको असहमतिलाई मैले हेरेको छु । त्यो अहिले आवश्यक छैन । त्यसैले सरकारले त्यसलाई अघि बढाउँदैन ।’

अहिले यो विषय अघि बढाउन आवश्यक नरहेको ओलीको धारणा छ । निजी क्षेत्रको लागि नियमनकारी निकाय धेरै रहेको भन्दै यसको लागि सरकारले पुनबिचार गरेको ओलीको धारणा छ ।

सरकारले निजी क्षेत्रलाई कुनै पनि हालतमा हतोत्साहित नगर्ने पनि ओलीले बताए । अहिलेको अवस्थामा सरकार र नीजि क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको उनको तर्क छ ।

अख्तियार अब निजी क्षेत्रमा छिर्दैन, ढुृक्क हुनुसः प्रधानमन्त्री ओली

अख्तियार अब निजी क्षेत्रमा छिर्दैन, ढुृक्क हुनुसः प्रधानमन्त्री ओली

Posted by Clickmandu on Monday, 29 June 2020

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स