सेबाेन भन्छः कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा निर्धारण गर्ने जिम्मा नेप्सेको



काठमाडौं । धितोपत्र बोर्डले सोमबार (भोली) देखि सेयर बजार खोल्न निर्देशन दिएको छ ।

सोमबारदेखि दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेलाई बजार सुुचारु गर्न निर्देशन दिएको छ ।

लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड–१९ को सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्न निर्देशन दिएको छ ।

धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थालाई कारबाही गर्ने बोर्डको तर्क छ । अर्काे व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि स्किृन रुम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।

लगानीकर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोवार गर्न सक्ने व्यवस्था गरिएको हुंदा ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको उल्लेख छ ।


क्लिकमान्डु