भारतलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने- मलाई हटाउँछु भनेर नसोचे हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई आफूलाई प्रधानमन्त्री पदबाट हटाउँछु भनेर नसोच्न चेतावनी दिएका छन् ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालका केही नेतासँगै भारतीय मिडिया, बौद्धिक बहस र होटलहरुमा भइरहेको जमघटमा आफूलाई हटाउन के के भइरहेको छ भन्ने देखाइरहेको बताए ।

‘हामीले हाम्रो भूमि सच्चाएर नक्सा बनायौं । तपाईहरुले पनि सुन्नु भएकै होला, भारतीय मिडियाले पनि मलाई हटाउने कुरा सुन्नु भएको होला, कतिपय पार्टीका नेताहरुको कुरा पनि सुन्नु भएकै होला, तर मलाई हटाउँछु भनेर नसोचे पनि हुन्छ,’ उनले भने ।

उनले नागरिकता खल्तीमा नेपालको राखेर तर्क भारतको तर्फबाट गरिरहेको बताउँदै अतिक्रमित भूमिमा भारतले सेना राखेपछि उताका नेपालीसँग कसरी सम्पर्क नभएको बताए ।

‘१४६ वर्षसम्म हामीले उपभोग गरेको जमिन १९६२ देखि हामीले उपभोग गर्न पाएनौं । हामीले आफ्नो जमिन खोजेको हो, अरुको जमिन खोजेको होइन,’ उनले भने ।

उनले नक्सा छापेकै भरमा प्रधानमन्त्री हटाउँछु भनेर कसैले सोच्छ भने त्यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ । मलाई प्रधानमन्त्रीको जिम्मेवारी बसिरहन मन छैन । तर म अहिले हट्ने हो भने नेपालको पक्षमा बोल्ने कोही नहुने बताए ।

‘मैले आजका लागि होइन, आफ्ना लागि होइन देशका लागि र हाम्रो पार्टी, संसदीय दल यस्ता बहवावमा भुल्ने पनि छैन,’ उनले भने, ‘नक्सा छापेरे प्वाइन्ट अफ नो रिर्टन नै गरेको हो । हामी यहाँबाट पछाडि हट्दैनौं । त्यसमा प्वाइन्ट अफ रिर्टन राख्ने काम भएको छैन ।’

उनले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको बताउँदै अहिले बहुमत भएको र आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछ भनेर कसैले नसोचे हुन्छ भन्दै चेतावनी दिए ।


क्लिकमान्डु