साउनदेखि राम्रो काम नगर्ने कर्मचारी हटाउँछु, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होलाः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन् ।

आज मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेन्ट टिम)को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए ।

मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्योबेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराईले भने, ‘तपाईहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए÷नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।’

हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लखे गर्दै मन्त्री भट्टराईले भने, ‘हामीले राम्रो अकंका साथ कक्षा उतीणए हुनैपर्छ । चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न गर्नुहोला ।’

बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने पनि बताए । साथै, कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुराँ व्यवसायक सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिए ।


क्लिकमान्डु