बालाजी सिमेन्टले ३ अर्ब ऋणको रेटिङ गरायो, महामारीका कारण यस्तो छ अवस्था



काठमाडौं । बालाजी सिमेन्ट प्रालिले सर्ट टर्म र लङ टर्म लोन गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । कम्पनीले बैंक सुविधाका लागि ऋणको रेटिङ गराएको हो ।

कोरोना भाइरसकको महामारीका कारण व्यापार नकारात्मक भएको उल्लेखदै कम्पनीले वित्तीय अवस्था आफ्नो वशमा नभएको उल्लेख गरेको छ ।

सन् २०१९ देखि सन् २०२० को मध्य जुलाइसम्म १२ महिनामध्ये सन् २०२० को ६ महिना कोरोनाका कारण समस्यामा परेको उल्लेख गरेको छ ।

जसमा सन् २०२० महिनामा एक महिना मात्रै सञ्चालन भएकाले वित्तीय अवस्था खराब अवस्थामा पुगेको उल्लेख गरेको छ । यसले सन् २०२० सम्मको व्यापार घाटामा जाने अनुमान गरिएको छ ।

केयरले गरेको रेटिङमा सम्पत्तिभन्दा बढी ऋण प्रयोग गरेको अवस्था, कच्चा पदार्थमा उत्पन्न भएको रिस्कलगायतलाई आधार बनाइएको छ । त्यसका साथै ऋणको अस्थिर ब्याजदर, बजारको प्रतिष्पर्धा र सिमेन्टको मागलाई समेत आधार बनाइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी र सरकारकाले चैत ११ गतेदेखि गरेको लकडाउनले कम्पनीलाई थप समस्यामा पारेको थियो । लकडाउनका कारणले उत्पादन बन्द आम्दानीमो ठूलो असर परेको थियो । तर लकडाउनकै बीचमा पनि सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिएपनि कम्पनीले निकै कम मात्रामा बिक्री गरेको उल्लेख गरिएको छ ।

यद्यपि यस अवधिमा भएको थोरै बिक्रीले पनि कम्पनीको खर्च धान्नका लागि सहयोगी भएको, कच्चा पदार्थ, जिमसम र ढुवानीले गर्दा कम्पनीका लागि निकट भविष्यमा गाह्रो हुने उल्लेख गरिएको छ ।

कम्पनीले अहिले कच्चा पदार्थ खरिदका लागि अग्रिम भुक्तानी गरिरहेकाले वर्किङ क्यापिटल लोन पूरै प्रयोग गरिएको छ ।

कम्पनीको कुल क्षमता प्रतिदिन १४ सय मेट्रिक टन छ । जसमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुँदै आएको छ । नेपाल गुणस्तर विभागबाट मान्यताप्राप्त भइ कम्पनीले सन् २०१९ को वर्षमा एक महिनामात्रै सञ्चालन गर्दा कुल ६० लाख रुपैयाँको आम्दानी गरेको थियो । जसमा कम्पनीले २० लाख रुपैयाँ नेट लस गरेको छ । सन् २०१६ मा स्थापना भएको कम्पनीले क्लिङकर ग्रिन्डिङ प्लान्ट कपिलवस्तुमा राखेको छ ।


क्लिकमान्डु