औषधिको निःशुल्क होम डेलिभरी गर्दै इजी केयर्स, रगत परीक्षणको पनि सुविधा



‘औषधि घरमा, फोनकै भरमा’ नाराका साथ ४ वर्षदेखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर लकडाउनमा पनि हप्तामा सातै दिन र दिनमा २४ घण्टा नै आफ्नो सेवालाई निरन्तरता दिएको छ ।

काठमाडौं उपत्यकाको चक्रपथभन्दा १५ किलोमिटर बाहिरसम्म निःशुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए ।

बिहान ९ बजे अगाडिसम्म अर्डर सोही दिन र बाँकी अर्डर २४ घण्टाभित्र डेलिभरी गरिँदै आइएको उनले बताए ।

जीवन रक्षाका अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरी समेत गरिने र रातिको इमर्जेन्सी डेलिभरीमा पाँच सय थप शुल्क लाग्ने घिमिरेले बताए ।

इजी केयरको गोदाममा उपलब्ध नभएका औषधि बजारमा उपलब्ध भएसम्म खोजेर डेलिभरी गरिने घिमिरेले जानकारी दिए ।

नेपालमा उत्पादन नहुने औषधि बजारमा सर्टेज भएको अवस्थामा निश्चित समय लिएर बिदेशबाटै मगाएर उपलब्ध गराउने घिमिरेको दाबी छ ।

रगतको स्याम्पल टेस्टको सेवा पनि इजी केयरले दिँदै आएको छ । इजी केयरका स्वास्थकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्यावमा जाँच गरेर रिपोर्ट बुझाउँदै आएका छन् ।

उक्त सेवाका लागि ल्याब शुल्क बाहेक होम सर्भिसको थप १ सय रुपैयाँ शुल्क लाग्नेछ ।

साथै घरमै डाक्टर बोलाउनु परेमा डाक्टर अन कलको सुबिधा समेत छ । ग्राहक र कर्मचारी दुबैको स्वास्थ्यप्रति सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परीक्षण गरिने बताइएको छ ।

मास्क र सेनिटाइजर मात्र नभई आवश्यक पीपीईको प्रयोग गरी कर्मचारी होम डेलिभरीमा खटिएको अर्का सञ्चालक सुप्रित बास्कोटाले जानकारी दिए ।

डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधि गोदाममा ल्याउँदा र ग्राहक कहाँ पठाउनु अगाडि प्याकेजिङ गरेपछि डिसइन्फेक्सन स्प्रे गरिने बास्कोटाले बताए ।

ग्राहकलाई पठाउने औषधिको प्याकेजिङ मान्यताप्राप्त फर्मासिस्टले गर्ने बास्कोटा बताउँछन् ।

हरेक औषधिमा १२ प्रतिशत नगद छुट दिइने बताइएको छ । ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले इ–सेवा, आइएमई पे, खल्ती, फोन–पे, बैंक कार्ड, कनेक्टलगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ ।

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत क्यास ब्याक रहेको छ । साथै अनलाइन भुक्तानी गर्न नसक्ने ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न सक्ने बास्कोटाले बताए ।

लकडाउनपछि इजी केयरले आफ्नो सेवा पोखरा र बिराटनगरमा बिस्तार गर्ने छ ।


क्लिकमान्डु