दाङमा एकजना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २७ पुग्यो
काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमति एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
असार ११ गते अन्जादी २५/३० वर्षे महिला दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा प्रहरीले भेट्याएको थियो । सोही दिनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । जाँच गर्दा मृत अवस्थामा रहेको पाइएपछि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा असार १२ गते नतिजामा पोजेटिभ पुष्टि भएको हो । निजको हालसम्म परिचय खुल्न सकेको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५८२ जना कोरोना संक्रमित थपिएका छन् । यसरी कोरोना संक्रमित हुनेको कुल संख्या ११ हजार ७५५ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको संख्या ४८ र कुल संख्या २ हजार ६९८ जना उपचारपछि निको भएका छन् ।