सामाजिक सञ्जालको दुरुपयोग गरी सरकारी अधिकारीसँग ४० लाख ठगी गर्ने गिरोह पक्राउ



काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनको माध्यमबाट उच्चपदस्त सरकारी अधिकारीलाई ४० लाखको लट्री परेको छ भन्दै ठग्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, ह्वाट्स एप र इमोजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख लट्री परेको भन्दै सरकारी अधिकारीका साथै सर्वसाधारण व्यक्तिबाट करोडौं रकम ठग्ने कार्यमा संलग्न ७ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

ठगहरुले पीडितबाट करोडभन्दा बढी रकम लिइसकेको महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला भद्रपुर नगरपालिका हाल काठमाडौं–२१ कोहिटी बस्ने वर्ष २४ को पुकार बर्मा, काभ्रे जिल्ला सिम्थली–२ हाल टेकु बस्ने नविन भण्डारी, रौतहट गौर नगरपालिका–१ हाल छाउनी बस्ने आकास अग्रवाल छन् ।

त्यस्तै रौतहट गौर नगरपालिका–१ हाल छाउनी बस्ने एस अग्रवाल, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का कृष्ण प्रसाद साह र सोही महानगरपालिका ३२ का सुनिल साहलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सेनवरिया, पश्चिमी चम्पारण बिहार भारत हाल टंकेश्वर बस्ने एमडी सर्फराजलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पीडितले लट्री पाउने आशामा आफ्नो घरजग्गा समेत धितो राखी पैसा दिँदा घरबारबिहीन समेत भएको पाइएको छ ।


क्लिकमान्डु