काठमाडौं महानगरले व्यवसायकरमा दियो ८० प्रतिशतसम्म छुट, कुनमा कति ?



काठमाडौं । काठमाडौं महानगरपालिका व्यवसाय करमा २० देखि ८० प्रतिशतसम्म छुट दिने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनको कारण महानगरभित्र सञ्चालनमा रहेका व्यवपार व्यवसायमा असर परेकाले आर्थिक वर्ष २०७७/७८ का लागि कर छुटको घोषणा गरेको हो ।

काठमाडौं महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गर्दै विभिन्न व्यवसायमा कर छुट दिने घोषणा गरको हो ।

महानगरले सबैभन्दा बढी विद्युतीय मोटर, कार, मोटरसाइकल शोरुममा ८० प्रतिशत कर छुट दिनेछ । हाल विद्युतीय मोटर÷कार शोरुममा वार्षिक ५० हजार रुपैयाँ र विद्युतीय मोटरसाइकल शोरुमामा २५ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएको छ ।

त्यसैगरी, कोरोनाको कारण सबैभन्दा बढी प्रभावित होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले तिर्ने व्यवसाय करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । साथै अन्य व्यवसाय करमा भने २० प्रतिशत छुट दिने उल्लेख गरेको छ ।

महानगरले व्यवसाय करको दररेट पुँजीगत लगानी, आर्थिक कारोबार, व्यवसायको प्रकृति र प्रकारका आधारमा कायम गरिएको व्यवसाय करको दर सोही अनुसार लाग्ने जनाएको छ ।

हाल महानगरपालीकाले उठाउँदै आएको व्यवसाय करहरुमा व्यापारीक वस्तु, विशेषज्ञ परामर्श सेवा, उत्पादनमुलक व्यवसाय तथा उद्योग, कृषि तथा खाद्यन्य, होटल, पर्यटन तथा मनोरन्जन व्यवसाय, संचार सेवा व्यवसाय, वित्तीय सेवा व्यवसाय, स्वास्थ्य सेवा व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, ममर्त सभार व्यवसाय, निर्माण व्यवसाय र अन्य सेवा तथा व्यवसायहरु पर्दछन् ।

यसमध्ये उल्लेख नभएका व्यवसायहरुको हकमा राजश्व समितिको सिफारिसमा प्रमुखबाट निर्णय भएअनुसार दर निर्धारण गरिने महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र व्यापार व्यवसाय गर्दा लाग्ने कर निम्नअनुसार छ ।

 


क्लिकमान्डु