काठमाडौं महानगरभित्र होर्डिङ बोर्ड राख्न र विज्ञापन गर्न कति लाग्छ शुल्क ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि महानगरभित्र गरिने होर्डिङ बोर्ड, विभिन्न प्रकारका विज्ञापन गर्दा लाग्ने शुल्क तोकेको छ ।

बुधबार सार्वजनिक गरेको आर्थिक विधेयक २०७७ मा कुनै पनि व्यक्ति, संस्था, कम्पनी, फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री प्रयोजनका लागि खोलिएका कार्यालय, पसल व्यवसायको पहिचान वा परिचयका लागि बढीमा १५ बर्ग फुटसम्मको एउटा मात्र परिचयपाटी राखेमा नियमानुसार लाग्ने विज्ञापन करमा ७५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।

तर एकभन्दा बढी वा १५ वर्ग फुटभन्दा ठूलो आकारको बोर्डमा छुट दिइने छैन । स्थानीय लिपि प्रयोग गरी गरिएका विज्ञापन÷परिचयपाटीमा लाग्ने विज्ञापन करमा ९० प्रतिशत छुट प्रदान गरिने उल्लेख छ ।


क्लिकमान्डु