दैलेखका एकजना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २४ पुग्यो
काठमाडौं । दैलेख दुल्लु नगरपालिकाका ४५ वर्षे कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार असार ८ गते बेलुका उनको मृत्यु भएको हो । असार ४ गते पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी क्षयरोग र दम रोगका बिरामी थिए । उनको प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेनमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या २४ पुगेको छ ।