सेयर बजारमा ग्रहण लाग्योः ब्रोकर एशोसियन अध्यक्ष रानाभाट



काठमाडौं । नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नेपालको सेयर बजारमा अझै कति समय ग्रहण लाग्ने भन्नेमा अन्योलता कायम नै रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिमा सेयर बजार क्षेत्रका समावेश हुनु पर्ने विषयहरुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

लकडाउन देखि नै बन्द रहेको बजार खोल्नु भन्दा पनि यतिबेला धितोपत्र बोर्डका अध्यक्षले नै राष्ट्र बैंकले आफ्नो माग पुरा नभएसम्म बजार नखोल्ने भनेपछि बजारमा कसिहलेसम्म ग्रहण लाग्छ भन्नेमा अन्योलता रहेको बताए ।

यतिबेला बजारको विकासको लागि भन्दै लोनको सिमालाई बढाउन माग रहेको, अनलाइन बाटै फण्डको सेयटलमेन्ट गर्दा यसको सिमा घटाउन माग गरेको र त्यो माग पुरा भयो भने लकडाउन पछि खुल्ने बजारलाई केही राहत हुने दाबी गरे ।

कनेक्ट आइपीएसबाट १० लाख भन्दा ट्रान्सफर नहुनेमा अहिलेको व्यवस्थालाई नहटाएमा अनलाइनबाट हुने कारोबार प्रभावकारी नहुने दाबी गरे ।

अहिले मार्जिन लोन दिनको लागि २१ वटा ब्रोकर तयार भएपनि बोर्डका कारण त्यो कार्यान्वयनमा आउन नसकेको उनको दाबी छ । ब्रोकरले मार्जिन लोन दिँदा त्यसको ब्याज बैंकको भन्दा कम नभएको खण्डमा प्रभावकारी नहुने उनको तर्क छ ।

सरकारले समय समयमा नेपालको सेयर बजारमा गैर आवासी नेपालीलाई भित्र्याउने भनेपनि उनीहरुले नेपालमा लगानी गर्ने बाताबरण र नाफा आर्जन गरेपछि उक्त नाफा सहजै लैजान पाउनुपर्ने बताए ।

उनले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिने विषयमा अर्थ समिति अन्तर्गतको उप समितिको रिपोट कुर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु