सबै विकास बैंकले तोकिएकै मितिमा सरकारलाई कर बुझाउने



काठमाडौं । सञ्चालनमा रहेका २३ विकास बैंकले आजै सरकारलाई कर बुझाउने भएका छन् ।

सर्वोच्च अदालतले असार ७ गते कर बुझाउनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपनि विकास बैकहरुले भने तोकिएकै समयमै कर बुझाउने निर्णय गरेका हुन् ।

सरकारलाई आर्थिक समस्या परेको समय सहयोग गर्ने भन्दै सञ्चालनमा रहेका सम्पूर्ण विकास बैंकहरुले असार ७ गते नै सरकारलाई कर्पोरेट कर बुझाउने निर्णय गरिएको डेभलपमेन्ट बैंक एशोसियसनका अध्यक्ष गोविन्द ढकालले बताए ।

‘सर्वोच्चले पूर्णमात्रामा लकडाउन खुलेपछि मात्र कर तिर्न आदेश गरेको भएपनि हामीले त्यसअघि सरकारले गरेको निर्देशन कै पालना गरेका हौँ,’ उनले क्लिकमाण्डूसँग भने ‘कोरोनाका कारण सरकारलाई पनि यो बेला आर्थिक संकट परेको छ ।’

सोहीकारण आवश्यक परेको समयमा बैंकिङ क्षेत्रबाट गर्नुपर्ने सहयोग चैत महिनामा बुझाउनुपर्ने दोस्रो किस्ता सबै विकास बैंकहरुले आजै बुझाउने उनको भनाइ छ ।


क्लिकमान्डु