सेयर ब्रोकरको लाइसेन्स दिने व्यवस्था मिलाउन बैंकर्स संघको आग्रह



काठमाडौं । बैंकर्स संघले बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको नेपाल राष्ट्र बैंकले आगामी आव २०७७/०७८ का लागि ल्याउने लागेको मौद्रिक नीतिमा सुझाव दिँदै यस्तो बताएका हुन् ।

कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार त्यसको लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको संघको भनाइ छ ।

सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत ग्रामिण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्ने सुझावमा उल्लेख छ । वाणिज्य बैंकका सहायक कम्पनीले हाल ब्रोकर लाइसेन्स पाउन नसकेको भन्दै यसका लागि राष्ट्र बैंकबाट पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने उल्लेख छ ।

संघले सुझाव दिने क्रममा बैंकास्योरेन्स रिन्यू गर्न आग्रह गरिएको छ । सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्न माग गरेको छ ।

बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको लगभग सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा एउटै स्थानवाट सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने सुझावमा रहेको छ ।


क्लिकमान्डु