विकास विरोधीले एमसीसीको विरोध गरे: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको पढ्दै नपढी विरोध गरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले पढ्दै नपढी अमेरिकी सेना नेपालमा आउने भनेर हल्ला चलाइएको बताए ।

‘पढ्न अल्छी लाग्नेहरु नपढेर एमसीसीको विरोध गरेर छन्,एमसीसी सम्झौता खोजेर पढे हुन्छ, नबढेर हल्ला गर्नेले मात्र गलत हल्ला चलाए,’प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्न उनले सुझाव दिए ।

उनले भने, ुकि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ताले एमसीसीको विरोध भएको छ,देशको विकासको लागि अनुदान आयो भन्ने चिन्ता हो,’प्रधानमन्त्री ओलीले भने ।

एमसीसी सम्झौता प्रतिनिधिसभामा बिचाराधिन रहेको छ । नेपाल कम्युनिष्ट पार्टीभित्र नै एमसीसीको विषयमा ठूलो विवाद रहेको छ । प्रधानमन्त्री ओली सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने पक्षमा रहेका छन् भने अन्य पक्ष अनुमोदन नगर्ने पक्षमा रहेका छन् ।


क्लिकमान्डु