एमसीसी पास गर्न पूर्वअर्थमन्त्री कार्कीको अनुरोध, यो राष्ट्रघाती सम्झौता होइन



काठमाडौं । अमेरिकासँग एमसीसी सम्झौतामा हस्ताक्षर गरेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले यो राष्ट्रहितमा भएको भन्दै यसलाई पारित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले एमसीसी सम्झौताले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान पाउने र यसले देशलाई दीगो विकास र गरिबी निवारणमा केन्द्रीत हुने जानकारी दिए । एमसीसी अन्तर्गत आउने पैसा ऊर्जा र सडकमा खर्च हुने र नेपालको विद्युत् विकासको लागि यो परियोजना गेमचेन्जर हुने कार्कीले बताए ।

एमसीसी सम्झौता एकैरातमा बन्द कोठाबाट नभएको भन्दै बाबुराम भट्टराई,खिलराज रेग्मी,शुसील कोइराला,केपी ओली र प्रचण्डको पालामा अगाडि बढेर देउवाको पालामा हस्ताक्षर भएको भन्दै कार्कीले क्याबिनेट यतीका धेरै मन्त्री राष्ट्र सेवक कर्मचारी राष्ट्रघाती हुन् नसक्ने बताए ।

उनले एमसीसीको विवादले विश्वसनियतामाथि प्रश्न चिन्ह खडा गरेको राष्ट्रिय एकता भ्रम सिर्जना गरिएको बताए । उनले भ्रम फैलाएर एमसीसीमा अमेरिकी सेना आउने भन्ने हल्ला फैलाएको बताए ।


क्लिकमान्डु