नवलपरासीमा १८ सहित ४२ जना संक्रमित थपिए, मनाङमा पनि भेटियो



काठमाडौं । बिहीबार बिहान ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

पोखरामा गरिएको परीक्षणमा नवलपरासीका १८,  तनहुँका १२, मनाङका १ र गोरखाका ११ जना कोरोना पोजेटिभ पुष्टि भएका हुन् ।

गन्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम निर्देशक तथा प्रवक्ता डा. बिनोद विन्दु शर्माका नवलपरासी  मध्यविन्दु नगरपालिकाका १७, गैँडाकोटका १,  तनहुँ ऋषिङका ७, शुक्ला गन्डकीका १ र भानुका ४ जनामा कोरोना देखिएको हो ।

त्यसैगरी मनाङका चामे गाउँपालिकामा कार्यरत १ जना कर्मचारी र  गोरखा पालुङटारका ७ र शहिद लखन गाँपालिकाका ४ जनामा कोरोना देखिएको हो ।


क्लिकमान्डु