नेप्सेलाई लगानीकर्ता मैत्री बन्न धितोपत्र बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणालीलाई लगानीकर्ता मैत्री बनाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
धितोपत्रको दोस्रो बजारको कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको भन्दै यस प्रणालीमा सुधार गर्न निर्देशन दिएको छ ।

बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गर्न समेत निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

बोर्डले नेप्सेलाई अनलाईन कारोबार प्रणाली (नट्स)ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको प्रति ध्यानाकर्षण गराइको छ ।

उक्त गुनासाहरु आइरहेको भन्दै लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा÷खर्च हुने व्यवस्था गन निर्देशन दिएको छ ।

स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन समेत बोडले नेप्सेलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु