आफ्नै उत्पादनले माग धान्न नसकेर तरकारी, फलफूल तेस्रो मुलुकबाट आयत गर्न बाध्य भयौः मन्त्री भट्ट



काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले नेपालमा आवश्यक मात्रामा तरकारी फलफूल उत्पादन नहुँदा लगायत तेस्रो मुलुकबाट आयत गर्न बाध्य हुनुपरेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा मन्त्री भट्टले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिँद नेपालको उत्पादनले बजारको माग धान्न नसकेका कारण तरकारी फलफूलको आयात गर्नुपरेको बताए ।

आगामी दिनमा स्वेदशी उत्पादनको बजारिकरणको लागि सरोकारवाला निकायको समन्वयमा ठोस कार्ययोजना ल्याउने जानकारी गरायाे ।

बिचौलियाले काम नगर्दा कृषकको उत्पादन बजारमा आउन नसकेको भन्दै मन्त्री भट्टले पछिल्लो समयमा सरकारको समन्वयमा कृषकको उत्पादन बजारमा आउन थालेको उनकाे भनाइ छ ।

उपत्यकाको वरिपरिका जमिनका विषाधी प्रयोग हुने गरेको र त्यो खान योग्य भएको वा नभएको परिक्षण गरेर मात्रै बजारमा आउने गरेको पनि जानकारी गराए ।

बैठकमा मन्त्री भट्टले सरकारले धान र गहुँको समर्थन मुल्य तोकिएको बताए । यस्तै किसानको उत्पादनको उचित मूल्य पाउनको लागि उचित मूल्य दिन न्यूनतम समर्थन मूल्य आगामी आवबाट तोक्ने बताए । त्यसको लागि धान र गहुँको समर्थन मूल्य तोकेको बताए । करिब २० हजार मेट्रिकटन धान र करिब ५६० मेट्रिक टन गहुँ सरकारले खरिद गरेको जानकारी गराए ।

मन्त्री भट्टले चैते धानको खरिद प्रकृयामा रहेको जानकारी गराए । मन्त्रीले आगामी ६ महिनाको लागि पुग्ने खाध्यान्न मौज्दान रहेको बताए । सरकारले ३ लाख १० हजार खाध्यान्न मौज्दात राख्ने गरी भौतिक पूर्वाधार तयार गर्ने योजना बनाइरहेको जानकारी गराए ।


क्लिकमान्डु