शोधनान्तर स्थिति १ खर्ब २० अर्ब बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय वित्तीय स्थित सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अुनसार चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।

दश महिनाको अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रहेको थियो ।


क्लिकमान्डु