कनेक्ट आइपीएसको दैनिक कारोबार २ अर्ब नाघ्यो



काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालनगर्दै आएको कनेक्ट आइपीएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ ।

बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ ।

विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट इ पेमेन्टको मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६ ले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब, २४ अर्ब र ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस(एनपीआई) मार्फत कारोबार पेश भएका छन् ।

एकीकृत एपीआई आधारित एनपीआईमा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट कनेक्ट आइपीएस वा एनसीएचएल आइएपीएस अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् । कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक एनपीआईले पनि कनेक्ट आइपीएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ ।

एनपीआईले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, पीएसपी/पीएसओ
सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच इन्टिग्रेसन र इन्टरप्रसनालिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।


क्लिकमान्डु