सुदुरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ३८ करोड



काठमाडौं । सुदुरपश्चिम प्रदेशले आगामी वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

सोमबार प्रस्तुत बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२.५ प्रतिशत, पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात् ५०.२ प्रतिशत, अन्तरसरकारी वित्त व्यवस्थापन अन्तर्गत २ अर्ब १३ करोड ५० लाख रुपैयाँ अर्थात् ६.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ अर्थात ०.९ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी आन्तरिक राजस्व परिचालनबाट ६० करोड ६० लाख ३० हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँड भइ प्राप्त हुने अुनमानित रकम ७ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगबाट बाँडफाँड भइ चालु आवमा प्राप्त हुने रोयल्टी वापतको ७ करोड, सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७ करोड ६८ लाख रुपैयाँ र चालु आवको बिनियोजनबाट बचत हुने अनुमानित रकम समेतबात प्राप्त हुने १० अर्ब ५९ करोड ३६ लाख ३ हजार, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यसैगरी संघीय सरबारट समपूरक अनुदानबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने अनुमान गरिउको ४८ करोड ५० लाख रुपैयाँ र विकास साझोदारबाट बजेट प्रणालीमार्फत परिचालन हुने रकम १ करोड ८९ लाख १५ हजार समेत कुल स्रोत प्राप्त हुने अुनमान गरिएको छ ।


क्लिकमान्डु