यसकारण हचुवाको भरमा वैदेशिक ऋण बजेटमा राखिएनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्र डा. युवराज खतिवडाले हचुवाको भरमा वैदेशिक ऋण बजेटमा नराखिएको बताएका छन् ।

बजेटमा हचुवाको भरमा २ खर्ब ९९ अर्ब नराखिएको मन्त्री खतिवडाको तर्क छ । यस्तो ऋण राम्रोसँग खर्च गर्न नसकेको खण्डमा त्यसको जवाफदेही सरकार हुनुपर्ने बताए ।

‘सरकारले लिएको सबै बाह्य ऋण बजेटमा राख्न नमिल्ने र त्यो ३, ४ वर्षको हुन्छ, यो वर्ष यति मात्रै परियोजनामा खर्च गर्न सक्छौं र यति मात्रै राखौं भनेर विनियोजन गरिएको हो,’ उनले भने ।

प्रतिनिधिसभामा बोल्दै उनले सरकारको खर्च गर्न सक्ने क्षमताका आधारमा दातृ निकायले सम्झौता गरेको उल्लेख गरे ।

विदेशी ऋण अधिकांश परियोजनासँग सम्बन्धित हुने र त्यो काम सक्दा कहिले कुन अंकमा पुग्ने कहिले कुन अंकमा पुग्ने गरेको उनको भनाइ छ ।

उनले ऋण तथा जमानत २४औं संशोधन विधेयक–२०७७ को दफावार छलफलमा यस्तो बताएका हुन् ।

‘सरकारले परियोजनामा यति–यति खर्च गर्न सक्छ भनेको आधारमा दातृ निकायले ऋण दिने र त्यो ऋण विनियोजन हुन्छ, अहिलेसम्म ७ खर्बको ऋण र चालु आवको अन्त्यसम्ममा कति ऋण परिचालन गर्न सकिन्छ हेरेर त्यो रकम बढ्छ,’ उनले भने ।

आगामी आवमा ३ खर्बको दायित्व थपिने मन्त्री खतिवडाले उल्लेख गरे । अहिले भएको खर्चको भुक्तानी पनि बढदै जाने भएकोले ऋणको एकुमुलेशन हुने बताए ।

यो वर्ष खर्च र भुक्तानी अर्को वर्ष हुँदा रि–इन्भर्समेन्ट भएर वर्षमा ४०/५० अर्ब आउने र त्यो ऋmणमा नै गणना हुने दाबी गरे ।

सरकारले नेपाल वायुसेवा निगमको २४ करोड रुपैयाँ जमातन रहेको र अन्य कही सरकारले जमानत बस्न नपरेको दाबी गरे । आन्तरिकरुपमा सरकार जमानत बसेर संस्थानलाई अहिले कुनै पनि ऋण नदिएको उनको भनाइ छ ।

अब सार्वजनिक संस्थाले पनि आफै जमानत बसेर ऋण लिन सक्ने स्पष्ट पारे । उनले राष्ट्र बैंक र महालेखा नियन्त्रकमा बेलाबेलामा समस्या हुने गरेको समेत बताए ।

प्रचलिन विनियम दरमा ऋणको लेखाङकन गर्ने र ऋण आएको दिनको विनियम दरमा लेखाकंन हुँदा समस्या भएको भन्दै यो सामान्य हिसाब मिलाउन आवश्यक रहेको उनको तर्क छ ।


क्लिकमान्डु