सेयर बजार खोल्ने विषयमा सेबोन र लगानीकर्ताको छलफल निश्कर्ष बिहीन, लगानीकर्ताका मागै माग



काठमाडौं । लकडाउन खुकुलो भएसँगै सेयर बजार कसरी खोल्ने भन्ने विषयमा धितोपत्र बोर्डले सेयर लगानीकर्तासँग छलफल गरेको छ ।

उक्त छलफलमा बजार कहिले खोल्ने भन्ने विषयमा कुनै पनि निश्कर्ष भने निस्कन सकेको छैन । बोर्डले लगानीकर्तासँग कसरी बजार खोल्न सकिन्छ भनेर सुझाव लिएपनि कहिलेबाट बजार खोल्न सकिन्छ भनेर निश्कर्ष निकालिएको छैन । बोर्डले लगानीकर्तासँग छलफल गरेपनि बिना निश्कर्ष छलफल सकेको छ ।

बोर्डमा भएको छलफलमा सहभागीहरुले लगानीकर्ताको मनोबल उच्च बनाएर मात्रै बजार खोल्न सुझाव दिएका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लामो समयको बन्दपछि बजार खुल्ने भएपछि कम्तिमा पनि त्यसको एक साता अघि खबर हुनुपर्ने सबैको माग रहेको बताइन् ।

उनका अनुसार लामो समय बन्द भएको बजार खोल्न ढिला गर्न नहुने र बजार खोल्दा लगानीकर्ता झन बढी प्यानिक हुन नहुने व्यवस्था गर्न सबै संगठनले साझा माग राखेको अध्यक्ष पोखरेलको भनाइ छ ।

बजार यथास्थितीमा खोल्नु भन्दै पनि यो बेला लगानीकर्ताले यसअघि नै राख्दै आएको माग पुरा हुनुपर्ने लगानीकर्ताको माग रहेको छ । त्यो माग पुरा भएको खण्डमा लगानीकर्ताले राहत महशुस गर्ने पोखरेलले बताइन् ।

लगानीकर्ताहरुले छलफलमा बजार खेल्नु अघि सेयर सेयर धितो कर्जाको सिमा ६५ बाट ८० प्रतिशत पुर्याउनु पर्ने, सबै लगानीकर्ताको हातमा सर्वसुलभ तरिकाले अनलाइन सिस्टम पुर्याउनु पर्ने, ५ प्रतिशत पुँजिगत लाभकरलाई अन्तिम कर मान्नुपर्ने जस्ता माग राखेका छन् ।

लगानीकर्ताहरुले मार्जिन लोनको सिमा ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउन माग गर्दैै आएको छ । बोर्डले पनि लगानीकर्ताको उक्र मागलाई राष्ट्र बैंंकमा पठाएको छ । लगानीकर्ताको उक्त माग राष्ट्रबैंकले मौद्रिक नीति मार्फत पुरा गर्ने भन्दै बोर्डले उनीहरुलाई आश्वासन दिएको छ ।

यता लगानीकर्ताले आफुले लामो यसमयदेखी उक्त माग राख्दै आएको र यो माग पुरा नभइ बजार खोल्नुको अर्थ नहुने तर्क गर्न थालेका छन् ।

यस्तै लगानीकर्ताहरुले पुँजीगत लाभकर ५ प्रतिशत नै अन्तिम कर होस भनेर माग गर्दै आएका छन् । तर त्यसमा अर्थ मन्त्रालयले विलम्ब गदैै आएको छ । बजेटले पनि सम्बोधन नभएको उक्त विषय यो बेला मन्त्रालयले परिपत्र गरेर यो नै अन्तिम कर हो भनिदिए राहत हुने तर्क गर्दै आएका छन् ।

लगानीकर्ताहरुले अब बजार खोल्दा लकडाउनु हुनुपुर्वको अवस्था जसरी नै काम हुनुपर्ने सुझाव दिएका छन् ।

सेयर बजार खोल्ने विषयमा पनि लगानीकर्ताको दुईथरी धारणा रहेको छ । केहीले यही अवस्थामा भएपनि बजार खोल्नुपर्यो भनिरहेका छन् । केही लगानीकर्ता भने लामो समय बन्द भएको बजार खोल्दा केही न केही राहत चाहिने बताउँदै आएका छन् ।

छलफलमा बजार कहिले खोल्ने भन्ने कुनै निर्णय भएको छैन । बोर्डले आवश्यक छलफल गरेर कहिलेबाट बजार खोल्ने भन्ने निष्कर्शमा पुग्ने जवाफ दिएको छ ।

छलफलमा नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार संघको सहभागिता रहेको थियो ।


क्लिकमान्डु