कोरोना: सरकारले सार्वजनिक गर्यो ८ अर्ब ३९ करोडको खर्च विवरण



काठमाडौं । कोरोना व्यवस्थापनमा भएको १० अर्ब रुपैयाँको खर्चको विवरण माग गर्दै आन्दोलन भइरहेका बेलामा प्रधानमन्त्री कार्यालयले खर्चको विवरण सार्वजनिक गरेको छ ।

माइतिघरमा सरकारबिरोधी आन्दोलन शुरु हुँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत ८ अर्ब ३९ करोडको खर्च सार्वजनिक गरेका हुन् ।

यसअघि शुक्रबार उच्चस्तरीय समितिले खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

तीन वटै तहबाट भएको खर्चको विवरण यस्तो छ ।


क्लिकमान्डु