विश्व बैंकले नेपाललाई ५४ अर्ब सहयोग गर्ने



काठमाडौं । कोरोना विश्व बैंकले कोरोना प्रवाभको पुर्नउत्थानका लागि ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । बैंकले कोभिड–१९ पछि नेपालको अर्थतन्त्र सुधारका लागि ५४ अर्ब २८ करोड २७ लाख ८० हजार रुपैयाँ सहयोग स्वीकृत गरेको हो ।

सो सहयोग बैंकले विषेश गरी महिला उद्यमशीलता विकास, सडक विस्तार र सुरक्षा, रोजगारी सिर्जना र सीमा व्यापार विस्तारको लागि गरेको जनाएको छ ।

‘कोभिड–१९ को सन्र्दभमा नागरिकको जीवन रक्षा र आर्थिक पुनरुत्थानको आवश्यकता बराबर प्रथामिकतामा हुनुपर्छ ।’ नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिज हदाद–जर्भोसले भने ‘हाम्रो समर्थन नेपालमा कोभिड–१९ पछि को पुर्नउत्थान बाटो सहज बनाउनमा हुनेछ, जसमा सुरक्षित सडक निर्माण गरी मानिसहरुलाई सामान ढुवानीमा सहजिकरण गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानिय उत्पादन र सेवाको माग वृद्धि गर्ने हो ।’

उनले नेपाललाई कोरोनासँग लड्न, सुरक्षित सडकमा चाँडो र सुरक्षित यात्रा तथा सामान ढुवानीका परियोजनामा केनद्रीत रहेर सहयोग गरिएको पनि बताए ।

नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार प्रवर्धन परियोजनाले नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गर्दै क्षेत्रिय सडक सञ्जाल बढाउनमा सहयोगको रकम केन्द्रित गरिने विश्व बैंकले जनाएको छ ।

दुबै सडक नेपाल–भारत र अन्य देशहरुसँगको व्यापार र कनेक्टीभीटीका लागि महत्वपूर्ण मानिन्छ । परियोजनाले सीमा नाकाको पूर्वाधार तथा सरसफाईका साथै कृषि उपजको अभिवृद्धि र निर्यातमा पनि सहयोग गर्नेछ ।


क्लिकमान्डु