सरकारले आर्थिक क्रियाकलाप सहज बनाउदै लगेको छ : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास गर्नको लागि खास क्षेत्रले मात्रै नचल्ने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७७ मा उठेको प्रश्नको जवाफ दिँदै विनियोजन भएको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्ने बताए ।
जीवन रक्षा गर्दै आर्थिक कृयाकपाल सहज बनाउने तर्फ सरकार लागेको स्मरण गराए । खर्च बढाँउदा आर्थिक सहायता कम हुने, राजस्व नउठने भएका कारण सरकार आफै लकडाउनमा पर्ने बताए ।
आर्थिक वृद्धि पर्ख र हेरको अवस्थमा रहेको बताए । रासायनीक मल, सिचाइँको अनुदान काटदा धेरै नै तर्क विकर्त हुने गरेको र अहिले त्यो कम भएको बताए ।
२३० तहमा कृषि भण्डारण गर्ने काम बजेटमा नै राखेको बताए ।
कार्यक्रममा राष्ट्रपति वा प्रधानमन्त्री भन्ने लेखिएको भएपनि त्यहाँबाट आयोजना नछानिने बताए ।
कोरोनाका कारण सबै एकै डुंगामा रहेको भन्दै यसलाई अवसरको रुपमा लिन नहुने भन्दै यसको रोकथामको लागि एक्यबद्धता भएर अघि बढन आग्रह गरे ।
विनियोजन भएको बजेट कार्यान्वयन गर्न सरकारलाई घचघच्याउन आग्रह गरेका छन् । उक्त बैठकले विनियोजन विद्येयक २०७७ पारित भएको छ ।