सरकारको साँठगाँठ ओम्नी र बिशाल ग्रुपसँग छ भन्नु भ्रमपूर्णः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओम्नी, बिशाल ग्रुपसँग सरकारको सम्बन्ध रहेको भ्रमपूर्ण कुरा बाहिर आएको बताए ।

‘कहिले ओम्नीसँग, कहिले बिशाल ग्रुपको सरकारको साँठगाँठ छ भनिएको छ, यसमा मेरो ध्यान गएको छ,’ उनले भने ‘यो तथ्यपूर्ण छैन र गैरकानूनी, अनियमित हुने काममा सरकारले सहेर बस्दैन ।’

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई बिना कसुर समय समयमा विभिन्न ग्रुपसँग जोडेर मनलाग्दी नबोल्न आग्रह गरेका छन् ।

‘मैले भनेको छु जथाभावी बोल्ने हो भने ठीकै हो । नत्र भने कहिले को कहाँबाट सञ्चालिन भनेको छ । कहिले कोबाट, सांसदहरुले यस्तो नबोलौ’ उनले भने ।

कहीँकतै पनि अनुचित साँठगाँठ भएको खण्डमा जो कोहीलाई पनि कारबाही गर्ने बताए । गैरकानूनी काम यो सरकारले सहन नसक्ने जानकारी गराए ।


क्लिकमान्डु