लकडाउन खुकुलो बनाउने संकेत गर्दै प्रधानमन्त्रीले भने- यसबारेमा मन्त्रिपरिषदले निर्णय गर्छ



काठमाडौं । प्रधानमन्त्री केही शर्मा ओलीले अब लकडाउनलाई केही सहज बनाउँदै लैजानेतर्फ इंगित गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनलाई अब केही सहज बनाउने तर्फ इंगित गरेका हुन् ।

उनले लकडाउनको सरलिकरण गर्ने सम्बन्धमा, जनतालाई असहज नहोस भनेर, निजी क्षेत्रलाई कोरोनाको परीक्षण गर्न दिने सम्बन्धमा, युवाले झेल्नु परेका समस्या, शिक्षा क्षेत्रको असहजतालाई न्यून गर्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बताए ।

उनले आईसीयु, भेन्टिलेटर मात्रैभन्दा पनि मासिनको सामाजिक जीवनलाई कसरी सहज बनाउने भन्ने कुरा पनि अब बस्ने मन्त्रिपरिषदको बैठकले ठोस निर्णय गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले अहिले नेपालमा समग्र कोरोना संक्रमितमध्ये धेरै भारतबाट आएका नै रहेको बताए ।

‘अझै कोही संक्रममित भए भने ती भारतबाट आउने नै रहेका छन् । रेलमा खाँदिएर आउने, ट्रेनमा आउने पनि रहेका छन्’ उनले भने ।


क्लिकमान्डु