हवाई इन्धन सस्तो भएसँगै ११ सयसम्म सस्तियो भाडा, कुन रुटमा कतिले घट्यो ?



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य तथा कर घटाएरसँगै वायुसेवा सञ्चालक संघले समेत हवाई भाडा समायोजन गरेको छ ।

निगमले हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ र बजेटमार्फत् पूर्वाधार करमा लाग्दै आएको १० प्रतिशत कर हटाएसँगै हवाई इन्धनको मूल्य सस्तो भएको थियो । सोही अनुसार वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा सस्तो बनाएको हो ।

जसअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीका लागि ११०५ रुपैयाँ र सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा २२५ रुपैयाँले भाडा समायोजना गरिएको छ । हवाई भाडामा ३५ देखि ४० प्रतिशतसम्म हवाई इन्धनको मूल्य हुन्छ । जसअनुसार हवाई इन्धनको मूल्यसँगै हवाई भाडादर पनि सोही रुपमा समायोजन हुनेछ ।

कुन रुटमा कतिले घट्यो?


क्लिकमान्डु