कुटनीतिक बाहेकका सबै हवाई उडान बन्द



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण नेपालले चार्टरबाहेक सबै उडारमा रोक लगाइएको स्पष्ट पारेको छ ।

शनिबार सूचना जारी गर्दै प्राधिकरणले सबै प्रकारका चार्टर उडानमा रोक लगाइएको स्पष्ट पारेको हो ।

एयर ट्रान्सपोर्ट डिभिजनका प्रमुख सचितभक्त पोखरेलका अनुसार नेपालले सबै व्यवसायिक उडानमा रोक लगाएको हो । उनले कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै हवाई उडानमा रोक लगाइएको जानकारी दिए ।

कोरोना भाइरसका कारण सरकारले गत चैत ९ गतेदेखि सबै प्रकारका अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ गतेदेखि आन्तरिक हवाई उडानमा समेत रोक लगाएको छ ।

यद्यपि लकडाउन भएपछि पनि हालसम्म १ सयभन्दा बढी उडान भने भैसकेका छन् ।

 


क्लिकमान्डु