सबै मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई दिन सांसदको माग



काठमाडौं । सांसद झपड रावलले सबै मन्त्रालयको काम अब अर्थमन्त्री डा. युवराज खतिवडालाई दिन सुझाव दिएका छन् ।

हरेक आर्थिक वर्षमा बजेट ल्याउँदा सबै मन्त्रालयको बजेट मन्त्री खतिवडाले काटने गरेको भन्दै अब सबै मन्त्रालयको जिम्मा उनैलाई दिन सांसद रावलले सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सबैको बजेट अर्थले काट्ने हो भने अन्य मन्त्रालयमा मन्त्री राख्नुको अर्थ नभएको उनको तर्क छ । संसदमा धेरै सांसदहरुले अर्थमन्त्री कै कारण बजेट कटौती भएको तर्क गरेका छन् ।

बैठकमा अर्का सांसद देवप्रकाश तिमल्सिनाले सरकारले ल्याएको बजेट वडाकोे जस्तो भएको तर्क गरे । बजेटको किताब देखाउनको लागि मात्रै दिएको हो की दिएको योजना पनि समावेश गर्न दिएको भन्दै प्रश्न गरेका छन् ।

उनले बजेटको किताब पार्टी कार्यालयमा राखेर कार्यकर्तालाई बाँडन आग्रह गरे । बजेटमा बढी झापा, चितवन र मन्त्री भएका क्षेत्रमा मात्रै गएको र बजेट पुगेका ठाँउका जनताले मात्रै कर तिरेको हो भन्दै प्रश्न गरेका छन् ।

उनले आफ्नो क्षेत्रमा बजेट माग्न जाँदा मन्त्रीलाई भेटी दाम चढाउनु पर्ने अवस्था आएको बताए । बजेट माग्न जाँदा पर्छ भनेर भन्ने पछि नदिने परम्परा विकसित भएको उनको दाबी छ ।


क्लिकमान्डु