लकडाउनको बेला कर बुझाउन सकिदैन: चेम्बर अफ कमर्श



काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने आज २० गते प्रकाशित सूचना प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड ( १९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था रहेको उल्लेख गरेको छ ।

आ.ब.२०७७र७८को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरि सकेको अवस्थामा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको चेम्बरले विज्ञप्ती मार्फत जनाएको छ । यस्तो अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको ठहर चेम्बरले गरेको छ ।

स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लक डाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गर्दछ । यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गरेको छ । बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नर्या सूचना जारी गर्न समेत अनुरोध गरेको छ ।


क्लिकमान्डु