अर्थतन्त्रबारे केही नसोची लकडाउन बढाउनु गलतः उद्योग वाणिज्य महासंघ



काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन गरेकोप्रति नेपाल उद्योगा वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ ।

अहिलेको विषम अवस्थामा लकडाउनको समयसीमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी जेठ ३२ गतेसम्म अवधि थप गरिनु गलत भएको बताएको छ ।

पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गर्नुपर्ने महासंघको धारणा छ ।

जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने उल्लेख छ ।
उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनः विचार गर्न महासंघ जोडदार माग गरेको छ ।

विश्वका कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आम जनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउंदै गएको कुरालाई मनन गर्न आवश्यक रहेको महासंघको ठहर छ ।

लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजबुद बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउँदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ ।

लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कूल गार्हस्थ गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भइसकेको महासंघको ठहर छ ।

महासंघका अनुसार लाखौ मानिसहरू बेरोजगार भएका छन्, उद्योग व्यवसाय थला पर्न थालेको र मानिसहरूको न्यूनतम बाँच्ने आधार समेत कमजोर बन्दै गएकोे महासंघले जनाएको छ ।


क्लिकमान्डु