क्यासिनोको रोयल्टी बुझाउने अवधि ४ महिना थप



काठमाडौं । क्यासिनो सञ्चालकहरुले रोयल्टी शुल्क बुझाउने अवधि ४ महिना थप गरिएको छ । आर्थिक वर्ष २०७७/७८ कोे बजेटलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयकमा रोयल्टी बुझाउन अवधि ४ महिना थप गरी ६ महिना पुर्याइएको छ ।

क्यासिनो सञ्चालन वापतको रोयल्टी सरकारलाई वार्षिक ५ करोड रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्छ ।

उक्त रोइलटी आर्थिक वर्ष शुरु भएको ६ महिनाभित्र पर्यटन मन्त्रालयमा रोयल्टी बुझाइसक्नु पर्नेछ विधेयकमा उल्लेख छ । गत वर्ष यो अवधि आर्थिक वर्ष शुरु भएको २ महिनाभित्र बुझाउनुपर्ने व्यवस्था थियो ।

त्यस्तै, उक्त अवधिभित्र रोयल्टी रकम दाखिल नगर्ने व्यक्ति वा संस्थाबाट सो अवधि नाघेको ३ महिनासम्मका लागि उक्त रोयल्टी रकमको १५ प्रतिशतका दरले थप शुल्क र त्यसपछि बाँकी रोयल्टी रकममा ३० प्रतिशतका दरले वार्षिक थप शुल्क लगाइने उल्लेख छ ।


क्लिकमान्डु