शक्ति सञ्चय गरी २ फड्को अघि बढ्न यो वर्षको बजेट आकार घटाएँः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम आकारको ल्याएको बताउँदै यो आवश्यकता भएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले अहिलेको अवस्थामा बजेटको आकार बढाउन नसकिएको स्प्ष्ट पारे ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि विनियोजित बजेटको आकार सानो छ । इतिहासमा धेरै कम अवस्थामा अघिल्लो आर्थिक वर्षको भन्दा पछिल्लो आर्थिक वर्षको बजेट ठूलो हुन्छ ।

‘यसरी बजेटको आकार सानो हुनु भनेको हामी सामान्य अवस्थामा छैनौं भन्ने बुझिन्छ । सामान्य अवस्थामा मुद्रास्फितीलाई समेत ख्यालमा राखेर बजेटको आकार कम्तीमा १० देखि १४ प्रतिशतसम्म बढ्छ,’ उनले भने ।

उनले तर यो पटक हामीलाई त्यो सुविधा भएन । हामीलाई उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि अत्यन्त धेरै लगानी गर्नुपर्छ । र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी लागि सार्वजनिक क्षेत्रको लगानीलाई पनि अगाडि बढाउनुपर्छ । यो सामान्य सिद्दान्त भएको बताए ।

निजी क्षेत्रको लगानीलाई परिपूरक भूमिका निर्वाह गर्ने गरी क्राउड आउट नगरी क्राउड इन गर्ने गरी सरकारको खर्च र लगानी बढाउनु पर्ने बताउँदै उनले यसले हामीलाई उच्च आर्थिक वृद्धिको बाटोमा लैजाने बताए ।

तर यसले हामी नयाँ परिस्थितीमा आइपुगेका छौं । जीवन रक्षा पहिलो प्राथमिकतामा आइपुगेको छ । जनजीवनलाई सामान्य तुल्याइ राख्दै आगामी वर्ष तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्य राख्नका लागि शक्ति सञ्चय गर्ने बेला छ । त्यसैले कहिलेकाँही २ फड्को अघि बढ्नका लागि एक फड्को पछि हट्नुपर्ने उनको भनाइ छ ।

‘मैले संयमताका साथ आगामी वर्षको बजेट चालु आवको बजेटभन्दा करिब ४ प्रतिशत कम विनियोजन गर्ने प्रस्ताव गरेको छ । यसका केही कारण छन्,’ उनले भने ।

उनले पहिलो हामी कोरोनाका कारणले अत्यन्तै तरल अवस्थामा रहेको बताउँदै मुलुकभित्र मात्रै नभइ, अन्तर्राष्ट्रिय लगानी, व्यापार, पर्यटकको आवगमन, श्रम बजारबाट उत्पन्न हुन सक्ने आर्थिक परिसूचकहरु विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय र त्यसको आधारबाट हामीले अर्को वर्ष कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन भएको उनको भनाइ छ ।

‘अहिले विश्वका ठूला अर्थशास्त्रीहरुले कोरोनाको अर्थतन्त्रमा असर यति लामो समयसम्म आइपुग्ला भनेर भनिरहनु भएको छ । र, हामीले पनि जुन दिन चैत १० देखि जेड १६ गतेसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । त्यसो हुँदा आगामी वर्षको बजेट बनाउँदा अत्यन्तै सतर्कताका साथ, तत्कालै गरिहाल्नुपर्ने काम, जीवन रक्षा गर्दै, आर्थिक क्रियाकलापलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि दरिलो जग बसाल्ने गरी बजेट निर्माण गरेको छु,’ उनले भने ।

उनले बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको बताउँदै राष्ट्रिय गौरवका आयोजनाहरु, मुलुकलाई दूरगामी प्रभाव पार्ने र खासगरी गेम चेञ्चर आयोजनालाई निरन्तरता दिनका लागि बजेट व्यवस्थापन गरेको बताए ।


क्लिकमान्डु