२ घन्टा २७ मिनेट बजेट भाषण गरेका अर्थमन्त्री खतिवडालाई दियो ब्रिफकेसले धोका



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दा २ घन्टा २७ मिनेट समय खर्चेका छन् ।

उनले २ घन्टा २७ मिनेट लगाएर बजेट भाषण गरेपनि त्यसपछिको दृश्य निकै रोचक बनेको छ ।
मन्त्री खतिवडा आफ्नो सिटमा आएर बसेपछि ब्रिफकेसमा क्लिप लगाउन खोजे तर लागेन । त्यसपछि सांसद हृदयेश त्रिपाठीले पनि सहयोग गरे । त्यो पनि सफल हुन सकेन ।

त्यसपछि त्यसको मन्त्री डा. खतिवडा बसेको ठाँउमा कानून मन्त्री डा. शिवमाया तुम्बाहाम्फे पुगेकी थिइन । उनलाई मन्त्री डा. खतिवडाले बजेटको ब्रिफकेस बाँधेर लगेको रिबन देखाइरहेका थिए । पछि अन्य सांसदहरुले पनि त्यसको बारेमा जानकारी लिएको देखिएको छ ।


क्लिकमान्डु