आर्थिक बृद्धिदरको ७ प्रतिशतको लक्ष्य, मुल्यबृद्धि ७ प्रतिशतमा सीमित गर्ने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएका छन् ।

बजेटमार्फत् अर्थमन्त्री खतिवडाले ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने र मूल्यबृद्धिदरलाई ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेका छन् । जुन हासिल गर्न निकै नै कठिन हुन्छ ।

अर्थमन्त्री खतिवडाले कोरोनाको कारण बजेटको आकार घटाएपनि आर्थिक बृद्धिदरको लक्ष्य महत्वकाक्षीं राखेका हुन् । चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान सरकारले गरेको छ । कोरोनाको असर बढेमा १ प्रतिशत पनि आर्थिक बृद्धिदर हासिल गर्न कठिन हुनेछ ।


क्लिकमान्डु