पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट



काठमाडौं । सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । कोरोनाले प्रभाव पारेको क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने घोषणा सरकारले गरेको हो ।

अर्थ मन्त्री डा. युवराज खतिवडा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको बताएका छन् ।

यस्तै पर्यटन, ढुवानी तथा चलचित्र घरलाई मुल्य अभिवृद्ध कर तथा कर दाखिला गर्ने समयलाई चौमासीक बानाइएको छ ।


क्लिकमान्डु