कोटेश्वरको जाम हटाउन सुरुङ्ग मार्ग निर्माण गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले काठमाडौं कोटेश्वरको जाम न्यून गर्नको लागि सुरुङ्ग मार्ग निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडा बिहिबार आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सहरी क्षेत्रको ट्राफिक चापलाई व्यवस्थापन गर्ने काठमाडौको तिनकुने, कोटेश्वर र जडिबुट्टी क्षेत्रमा सम्भव्यता अध्ययान पुरा गरी सुरुङ्ग मार्ग निर्माण प्रारम्भ गर्न बताए ।

जसको लागि नयाँ बानेश्वरमा अन्डर पास निर्माण हुने उनले बताए । साथै त्रिपुरेश्व देखि माइतीघरसम्म सरवारीको चापलाई व्यवस्थि तगर्न उपयुक्त विकल्पको पहिचान गरी निर्माण कार्य शुरु गर्ने बजेटको व्यवस्था गरेको अर्थ मन्त्री खतिवडाले बताए ।

निर्माण सम्पन्न भईसकेको सडकहरुको मर्मत तथा स्तर उन्नतीको लागि सडक बोर्डबाट कार्यान्यवन हुने गरी १६ अर्ब ३० करोड बजेट विनियोज भएको छ ।

नौबिसे सडक खण्ड र सिद्धार्थ राजमार्गको बुटवल पाल्पाको सिद्धबाबा र सुरकोट चियाबारी खुटिया दिपायलको थानकोट चित्लाङ्ग सडक खण्ड र लामा बजार लाप्चे सडक खण्ड र कुलेखानी भिमफेदी सडक खण्डमा स्थानिय सरकारको सम्वन्यमा सुरुङ्ग मार्ग निर्माण कार्य अघि बढाइने मन्त्री खतिवडाले बताए ।

उनले यी सँगै अन्य सडक खण्डमा सुरुङ्ग मार्ग सम्व्यता अध्यान गरी निर्माणको लागि ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोज गरिएको जानकारी दिए ।


क्लिकमान्डु