कोरोनाको जोखिम सकिएसँगै सरकारी र निजी क्षेत्रका कर्मचारी भ्रमण गर्न प्रोत्साहन गरिने



काठमाडौं । कोरोना भाइरसको जोखिम सकिएसँगै आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारले राष्ट्रसेवक कर्मचारी, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्नका लागि प्रोत्साहन गर्ने भएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

उनले एक प्रदेश एक पर्यटकीय गन्तव्य विकास गरिनेछ । सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गरिनेछ । यसका लागि १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

कोरोनाको जोखिम सकिएसँगै यसको पुनरुत्थान गर्नका लागि काम गरिनेछ । त्यस्तै, कर, शुल्क र ब्याजलगायतमा सुविधाको व्यवस्था गरिएको छ । माध्यमिक तहभन्दा माथिको तहमा पर्यटन विषय समावेश गरिने बताए ।


क्लिकमान्डु