लकडाउन अवधिभर श्रमिकको योगदान सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान गर्नु पर्ने रकम सरकारले दिने बताएका छन् ।

कोरोना भाइरसको कारण सरकारले लकडाउनले काममा जान नपाएको र रोजगारी गुमेकाहरुको कोषमा गर्नु पर्ने रकम सरकारी कोषबाट दिइने भएको हो ।

बिहिबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकले गर्नु पर्ने योगदान वापतको रकम लकडाउन अवधिभर सरकारले ब्यहोर्ने बताएका हुन् ।


क्लिकमान्डु