स्वास्थ्यकर्मीलाई तलबभत्तामा प्रोत्साहन, ५ लाखको बीमा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्यकर्मीलाई तलब भत्ता मार्फत प्रोत्साहन गर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुलाई तलबभत्तामा वृद्धि गरी प्रोत्साहन गरिने भएको हो ।

बिहिबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यकर्मीहरुलाई ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने बताएका हुन् ।

उनले कोरोना भाइरसको संक्रमणको अवस्थामा सेवा दिने स्वास्थ्य कर्मीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्र्दै स्वास्थ्य बीमा र जनताको स्वास्थ्यसेवाको लागि उनीहरुलाई तलब भत्तामा वृद्धि गरी प्रोत्साहन गरिएको बताए ।


क्लिकमान्डु