मन्त्रीपरिषद्को बैठकबाट बजेट पास, अर्थमन्त्रीले आकार खुलाएनन्



काठमाडौं । मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगमी आर्थिक वर्षको लागि सार्वजनिक हुने बजेटलाई पास गरेको हो ।

बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सकिएपछि अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेटको बिफ्रिङ गर्न पुगेका छन् । राष्ट्रपति निवासमा बिफ्रिङ सकिएपछि अर्थमन्त्री खतिवडा संसद् भवनमा बजेट सार्वजनिक गर्न आउने छन् ।

एक मन्त्रीका अनुसार अर्थमन्त्रीले बजेटको आकारको बारेमा केही उल्लेख गरेका छैनन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको सयुक्त बैठकमा ४ बजे बजेट पेश हुने कार्यक्रम छ । अर्थमन्त्री खतिवडाले राष्ट्रिय योजना आयोगको बैठकमा पनि बजेटको आकार खुलाएका थिएनन् ।


क्लिकमान्डु